New App Notice!

REVISED BSc Forestry, AFU 2078 Counselling Notice for 1st Admission List.


As the 1st Admission List is not published yet and still take some time for the list, AFU has revised the Counselling Date for the 1st Admission List.

The New Counselling date is 2078-11-19, Thursday.

The 1st Admission List for the 1st Counselling will be published soon within 1-2 days.



कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय

मिति: २०७८-११-१५

विद्यार्थी भर्नाको लागि Counselling सम्बन्धि संशोधित सूचना

कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकाय, हेटौडामा मिति २०७८-११-१४ गते भएको स्नातक तह (B.Sc. Forestry) को प्रवेश परीक्षामा उत्तिर्ण हुने परीक्षार्थीहरुको भर्नाको लागि पहिलो Counselling कार्यक्रम मिति २०७८-११-१६ गते सोमबार हुने भनिएकोमा विशेष कारणबस उक्त पहिलो Counselling कार्यक्रम मिति २०७८-११-१९ गते बिहिबारका दिन हुने गरि सारिएको व्यहोरा सम्बन्धित
सबैलाई सूचित गराईन्छ ।


भर्ना हुन आउँदा परीक्षार्थीहरुले तपशिलमा लेखिए बमोजिमका शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजातहरुको सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) एवं भर्नाको लागि आवश्यक शुल्क समेत लिई आउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्र रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ ।

अन्यथा, यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुनेछैन । साथै शैक्षिक योग्यताका प्रमाणपत्रहरु लगायत अन्य आवश्यक कागजपत्रहरु एवं आवश्यक भर्ना शुल्क अपुग भएको अवस्थामा यस संकाय सम्बन्धित विद्यार्थीहरुलाई भर्ना गर्न बाध्य हुने छैन ।


DOCUMENTS REQUIRED FOR COUNSELLING & ADMISSION.

1. Passport size Photo - २ (दुई) प्रति
2. Citizenship
3. SLC/SEE Mark sheet
4. SLC/SEE Character Certificate
5. 10+2 Transcript
6. 10+2 Character Certificate
7. 10+2 Provisional Certificate
8. Quota को लागि सम्बन्धित निकायको सिफारिश पत्र
9. UGC को लागत साझेदारीको लागि स्थानिय निकायबाट प्राप्त सहमति पत्र
10. आवश्यक भर्ना शुल्क:
a. Merit तथा Quota हरुको लागि रु. ६,५१५।-
b. UDF: रु.१,००,०००।- + रु.६,५१५।- रु. १,०६,५१५।-

पुनश्चः पहिलो Counselling कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुको नामावली छिट्टै प्रकाशित गराईनेछ ।




Previous Post Next Post