कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल
मिति: २०७८-०२-३१
सूचना
Selected Student LIST is available below:-
भर्ना हुनका लागी आफुले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा नामवली प्रकाशित भएको भएमा सम्वन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रहरुको प्रमाणित प्रतिलिपि र भर्ना शुल्क नेपाल बैंक लिमिटेड, रामपुर शाखामा कृषि संकाय नाममा रहेको खाता नं. ०८५००१०११९९६१४०००००१ मा रु. १,१५०,००० (अक्षेरुपी रु. एक लाख पन्ध्र हजार मात्र) जम्मा गरी बैंक भौचरको Scan Copy समेत अनिवार्य रुपमा मिति २०७८ असार ४ गते रातको १२ बजे भित्र online@afu.edu.np मा Email गर्नुपर्नेछ । भौतिक रुपमा अध्यायन गर्न आउदा शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, समानस्तर निर्धारणको प्रमाणपत्र र मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाहरुमा भर्ना भएको भएमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्र हरुको प्रमाणित प्रतिलिपि र बैंक भौचर सक्कल प्रति अनिवार्य रुपमा बुझाउनु पर्नेछ । नामावलीमा त्रुटी नहोस् भनी विशेष सतर्कता अपनाइएको छ ।
तथापि कुनै त्रुटी पाइएमा अभिलेखका आधारमा सच्याइनेछ ।