काठमाडौं फरेष्ट्री कलेज
KATHMANDU FORESTRY COLLEGE
Koteshwar, Kathmandu
स्थापनाः ०६२ (Estd: 2005)
मितिः २०७७।१२।२३
फरेष्ट्री स्नातक तहमा भर्ना सम्बन्धी सूचना
Note : Merit List of Students for Admission is available below in the photos.
छनौट भएका उम्मेदवारहरुले प्रथम किस्ता बापतको शुल्क रकम रु. १,१६,८००।- (एक लाख सोह्र हजार आठ सय) र बार्षिक दुर्घटना बीमा बापतको रकम रु. ७००।- (सात सय) समेत गरि जम्मा १,१७,५००।- (एक लाख सत्र हजार पाँच सय) रकम यस कलेजको नाममा नविल बैंक लिमिटेड, ग्वार्को शाखा, ललितपुर मा रहेको कल खाता नं. ५००६०१७५००००६ मा मिति २०७७।१२।३० गते दिनको ३ बजे भित्र जम्मा गरि मिति २०७७-१२-३० गते अपरान्ह ४ बजे भित्र रकम जम्मा गरेको सक्कल भौचर साथ कलेजको लेखा शाखामा सम्पर्क गरि भर्ना भई सक्नुपर्नेछ ।
Note for Remaining 5 Seats in KAFCOL :
भर्नाका अन्य सर्तहरु निम्नानुसार छन्ः
भर्ना हुन आउँदा सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरुको सक्कल र १ सेट फोटोकपी, नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा २ प्रति पासपोर्ट साइज फोटो साथमा लिई उम्मेदवार आफै उपस्थित हुनुपर्ने छ । बिदेश बाट उत्तिर्ण भएकाहरुले सक्कल माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र समेत पेश गनुपर्ने छ।
तोकिएको म्याद भित्र उपरोक्त बमोजिम भर्ना हुन नआएमा नीज उम्मेदवारको सट्टा Merit List का रोलक्रमका अन्य उम्मेदवारलाई भर्ना लिइनेछ ।
नियमानुसार भर्ना भएका विद्यार्थी ले कारणबश प्रथम सेमेष्टरको कक्षा सञ्चालन सुरु हुनुपूर्व भर्ना रद्द गर्नुपर्ने भएमा प्रिन्सिपल समक्ष स्पष्टकारण खुलाई निवेदन पेश गर्नुपर्ने छ । निवेदन स्वीकृत भएमा भर्ना शुल्क (रु.७५,००) र Capitation शुल्क (रु.५०,०००) बापत नीजले बुझाएको रकम कट्टा गरि बाँकी रकम फिर्ता गरि भर्ना रद्द गर्न सकिने छ । कक्षा सुरु भईसकेपछि भर्ना रद्द गर्न कलेज प्रशासन बाध्य हुने छैन ।
Contact Address:-
Amarawati Marg, Koteshwor, Kathmandu, Nepal,
Amarawati Marg, Koteshwor, Kathmandu, Nepal,
P.O. Box: 1276
Tel.: 977-1-5147211,
Tel.: 977-1-5147211,
Fax: 977-1-5147046,
Email: mail@kafcol.edu.np