त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल
स्नातक तह (२०७७-८१) मा क्यापिटेशन (General Paying) र क्यापिटेशन समावेशी (Quota Paying) सिटमा भर्नाको लागि छनौट भएका उम्मेदवारहरुको नामावली सम्वन्धी सूचना (चौथों सूचि)।
The fourth Admission List is published for BSc Forestry Pokhara Campus in General and Quota Capitation or Paying Seats.
Note : Name List of selected students for 4th Admission List is available below in the photo. Admission Deadline is Baisakh 19 2078.
छानिएका उम्मेदवारहरुले मिति २०७८-०१-१९ गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. १,५८,३२०/- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ ।
Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.
भर्ना हुन आउंदा SEE/SLC र +2/1.Sc का सम्पूर्ण सक्कल छाँयाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ ।
सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ ।
Online Documents Submission for Admission in Pokhara Campus: Click Here