सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान सङ्काय डीनको कार्यालय
टीकापुर, कैलाली
B. Sc. Ag. तहमा अतिरिक्त विद्यार्थी भर्नासम्बन्धी सूचना
भर्ना निर्देशिका
1. यस कृषि विज्ञान सङ्कायको बिएससी एजीमा भर्ना हुनका लागि अन्य नियमित रूपमा भर्ना हुने विद्यार्थी सरहको योग्यता (I.Sc.Ag., I.Sc., +2 Science वा सो सरह) भएका र उक्त तहमा कम्तीमा ५०% अङ्क ल्याएर उत्तीर्ण भएका कर्मचारीलाई मात्र भर्ना गरिने छ ।
2. सङ्घीय मन्त्रालयहरू, प्रादेशिक मन्त्रालयहरू र निकायहरू तथा नेपालभर विद्यमान सबै पालिकामा स्थायी कृषि सेवामा कार्यरत कर्मचारीलाई सम्बन्धित कार्यालयको माथिल्लो निकायको सिफारिसमा भर्ना गरिनेछ ।
3. सम्बन्धित निकाय वा मन्त्रालयबाट मनोनयन/छनोट भई आएका विद्यार्थीहरुबाट लिने शुल्क सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषदले तोकेबमोजिम हुनेछ । साथै अर्को व्यवस्था नहुदाँसम्म हाललाई उक्त शुल्क संस्था विकास कोष (Institute Development Fund) को रूपमा एकमुष्ट ३,००,०००।- (तीन लाख) तथा प्रति सेमेस्टर लिने शुल्क अन्य पूर्ण शुल्कको कोटाका विद्याथीहरूलाई लाग्ने शुल्क सरह हुनेछ ।
4. सम्बन्धित निकाय वा मन्त्रालयबाट भर्नाका लागि सिफारिस भएका विद्यार्थीले आवास सुविधा तथा अन्य खर्चको न्यवस्थापन स्वयम् आफैले गर्नुपर्नेछ ।
5. भर्नाका लागि सिफारिस भएका विद्यार्थीहरुको शैक्षिक गुणस्तर र निरन्तरतालाई विशेष ध्यान दिई निजको सेमेस्टर रिपोर्ट सम्बन्धित निकाय वा मन्त्रालयले माग गरेमा उपलब्ध गराइने छ ।
6. उपर्युक्त बुंदाहरुका आधारमा भर्ना गरिने विद्यार्थीको कोटा सङ्ख्या १० (दश) जना मात्र रहने छ । यदि सोभन्दा बढी आवेदन पर्न आएमा अध्ययनको प्राप्ताङ्क तथा अन्तर्वार्ताको प्राप्ताङ्कको कुलयोगका आधारमा छनोट गरिने छ ।
7. सम्पूर्ण विद्यार्थीलाई शैक्षिक गुणस्तरका लागि विश्वविद्यालयले तोकेको कार्यादेश अपरिहार्य रूपमा लागु हुनेछ ।