त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय, कीर्तिपुर, काठमाडौं, नेपाल
विद्यार्थी भर्नाको लागि आरक्षित कोटाहरुको प्रथम नामावलि प्रकाशित गरिएको सम्बन्धी सूचना
प्रकाशित मिति २०७७/१२/१७
शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरुमा कृषि विज्ञान विषयमा स्नातक तहमा भर्नाका लागि आरक्षित कोटाहरुका लागि प्रथम नामावलि प्रकाशन गरिएको छ ।
भर्ना नामावलीमा नाम प्रकाशित भएका विद्यार्थीले भर्ना शुल्क नेपाल बैंक लिमिटेडको कप.वि.अ.स. UG खाता नं. ०४५००१००१०४०१९०००००३ मा रु.६,५७३ - जम्मा गरी सोको सक्कल भौचर भना हुँदा बुझाउन पर्नेछ ।
Name List of Students for Quota Seat Admission is available below in the photo.
भर्ना हुने विद्यार्थीले मिति २०७७/१२/१९ गते दिनको ११ बजे यस अध्ययन संस्थानको स्मृती भवन स्थित कार्यलयमा अनिवार्य उपस्थित हुनु पर्नेछ । मेरिट क्रमको साथै विद्यार्थीको क्याम्पस छनौट र समान विद्यार्थी संख्या बाडफाड़को आधारमा क्याम्पस तोकिने छ । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रक्रिया अगाडि वढाइनेछ ।
यसरी विद्यार्थी भर्ना भइरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट क्रमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानबाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट क्रमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन ।
भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु ल्याउनु पर्नेछ ।
क) रकम जम्मा गरेको बैंक भौचर ।
क) रकम जम्मा गरेको बैंक भौचर ।
ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
ग) एस एल सी. को लब्धाङ्पत्र ।
घ) १०+२ वा प्रमाणपत्र तहको लब्धाङ्कपत्र (Transcripts)।
ङ) १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि.वि.का आंगिक क्याम्पसमा बुझाई सकेको भए सो क्याम्पसवाट स्थानान्तरण प्रमाणपत्र वुझि लिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
च) त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
छ) आरक्षित कोटाका सिफारिस पत्रहरु ।
द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भा प्रयोजनको लागि मान्य हुने छैन । विद्यार्थी स्वयं आफु उपस्थित हुन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेश गरी भना गर्न सकिनेछ ।