New App Notice!

Notice about Date extension of Transcript Submission, BSc Ag, IAAS, TU 2077-78

त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय

कृषि/वागवानी स्नातक (B.Sc.Ag./Hort.) तहमा विद्यार्थी भर्नासम्बन्धी अतिरिक्त सूचना

प्रकाशित मिति २०७७/११/१३
यस अध्ययन संस्थानको मिति २०७७/१०/१५ गते प्रकाशित सूचनाको वृंदा नम्बर १ अनुसार कक्षा ११ उर्तिण गरी कक्षा १२ को परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुको हकमा कक्षा ११ उत्तिर्ण गरेको मार्कसित upload गरी प्रवेश परीक्षामा सम्मिलित हुनेले मिति २०७७/११/१६ देखि मिति २०७७/११/१८ गतेसम्म अनिवार्य रुपमा Transcript पेश गर्नु पर्नेछ अन्यथा त्यस्ता परीक्षार्थीलाई मेरिट लिष्टमा समावेश गरिने छैन भन्ने सूचना प्रकाशित गरिएकोमा परीक्षार्थीहरुले Transcript प्राप्त गरी उक्त मितिभित्र वुझाउँन कठिनाई हुने अवस्था बुझिन आएको हुँदा Transcript बुझाउने मिति २०७७/११/१६ देखि मिति २०७७/११/२३ गतेसम्म कायम गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
साथै मेरिट लिष्ट मिति २०७७/११/२४ गतेभित्र प्रकाशित गरिने व्यहोरा जानकारी गराइन्छ ।

You have to submit Transcript in Dean office, Kirtipur.

फोन ९७७-१-४३३०५०० ४३३०६००: 
इमेल: info@iaas.edu.np
Previous Post Next Post