New App Notice!

कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट पाएको कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष ७७ / ७८ को बजेटमा ४१ अर्ब ४० करोड रूपैयाँ पाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले उक्त रकम विनियोजन गरेका हुन् ।

चालु आर्थिक वर्ष कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजना गरिएकोमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड तथा मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन भएको थियो ।

गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट छुट्याएको अर्थ मन्त्रालयले आगामी वर्षका लागि ४१ अर्ब ४० करोड रूपैयाँ छुट्याएको छ जुन गत वर्षको तुलनामा ६ अर्ब ६० करोडले बढी हो ।

कृषिमा संचालन हुने कार्यक्रम र बजेट :

१. ३ अर्ब २२ करोड  प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ।

२. रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब  ।

३. आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने ।

४. एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्ने ।

५. सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने । चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने ।

६. २ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने ।

७. सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट ।

८. फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख ।

९. उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट  ।

१०. कृषि अनुदान पुनरावलोकन गरी सं‌घ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी संचालन हुने ।

११. लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड ।

१२. कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने, यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।

१३. किसानलाई क्रेडिट कार्ड वितरण गरिने ।

Source - KrishiPatrika

Previous Post Next Post